एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बिहीबार) सेभिया र एथ्लेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ ।
सेभियाले बिल्बाओसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
बिल्बाओको मैदानमा सेभिया सहज जितको खोजीमा हुनेछ । यस्तै सेभिया जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ ।
६० अंक जोडेको सेभिया लिगको चौंथो स्थानमा रहेको छ । बिल्बाओलाई पराजित गरेमा सेभिया एट्लेटिको मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ ।
४८ अंक जोडेको बिल्बाओ नवौं स्थानमा रहेको छ । बिल्बाओ पनि घरेलु मैदानमा सेभियालाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा लेभान्टेले मालोर्कासँग खेल्नेछ ।
त्यस्तै लेगानेस र इबरबीच समेत प्रतिस्पर्धा हुनेछ ।