एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित प्रिमियर लिग सुचारु भएपछि खेलाडीले धेरै चोटको सामना गर्नु पर्ने एक अध्ययनले देखाएको छ ।
एक अध्ययनको अनुसार प्रिमियर लिग सुचारु पछि खेलाडीको चोट २५ प्रतिशतले बढ्ने देखिएको बीबीसीले जनाएको छ ।
कोरोनाको महामारीपछि प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ । तर, प्रिमियर लिगले जुनबाट लिग सुचारु गर्ने जनाएको छ ।
लिग सुचारुपछि कम समयमा खेलाडीले धेरै खेल खेल्नु पर्ने भएको कारण खेलाडीलाई चोटको समस्या बढी हुने अध्ययनमा देखिएको छ ।
अध्ययन अनुसार ३० दिनमा खेलाडीले ८ खेल खेल्दा खेलाडीको चोट २५ प्रतिशतले बढ्ने देखिएको छ ।
यस अघि त्यस अवधिमा खेलाडीले ४ र ५ खेल्ने गरेका थिए ।
प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।