एजेन्सी । एसी मिलानका फरवार्ड ज्लाटन ईब्राहिमोभिचले गम्भिर चोट बोकेको छन् । सोमबार अभ्यासको दौरान ज्लाटनले तिघ्रामा गम्भिर चोट बोकेका हुन् ।
रिपोर्टहरुका अनुसार पछिल्ला चोटले ३९ बर्षिया स्विडिस फरवार्डको करियरनै खतरामा पर्ने सम्भावना रहेको छ ।
मिलान क्लबले भने मंगलबार परिक्षणपछि धेरै कुरा बाहिर आउने बताएको छ ।
'हामी समस्याको मुख्य कुरा जान्नेछौ ।' क्लबले भनेको छ ।
म्यान्चेष्टर युनाईटेडका पूर्व फरवार्ड ज्लाटनले पुन मिलान क्लब फर्किएका हुन् । उनले क्लबसंग ६ महिनाको सम्झौता गरेका थिए । उनले १० खेलमा ४ गोल गरेका छन् ।
ईटाली सरकारले बिहिबार सिरि ए फुटबल सुरु हुने सम्भावित दिनको घोषणा गर्नेछ ।
क्लबहरुलाई अभ्यासमा फर्कन मे १९ बाट अनुमती प्रदान गरिएको थियो । जुन १३ बाट सिरि एको अबरुद्ध सिजन पुन सुरु हुन सक्ने बताईएको छ ।
ईटालियन फुटबल महासंघले अगष्ट २० भित्र यस सिजनका सबै खेल सक्ने समयसिमा राखेको छ । र नयाँ सिजन सेप्टेम्बर १ बाट सुरु गर्ने तालिका तय गरेको छ ।
कोरोना भाईरसको महामारीका कारण सिरि ए मार्च ९ मा स्थगित गरिएको थियो ।
लिग तालिकामा युभेन्ट्स शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको लाजियोसंग एक अंकको अग्रता लिएको छ ।