एजेन्सी । म्यान्चेष्टर सिटीका स्टार डेभिड सिल्भालाई अनुबन्ध गर्ने दौडमा एसी मिलान समेत देखिएको छ ।
डेबिड ब्याकह्यामको ईन्टर मियमीले ईच्छा गरिरहेको सिल्भा अनुबन्धमा सिरि ए क्लब समेत प्रतिस्पर्धामा उत्रिएको हो ।
मिलान क्लबले सिल्भाका प्रतिनिधिसंग भेटेर सम्भावित गन्तव्यको बिषयमा छलफल गरिसकेको छ । उनी यसै सिजनको अन्तिममा प्रिमियर लिग क्लब छाड्दैछन् ।
३४ बर्षका मिडफिल्डरले ईङ्ल्याण्डमा १० बर्षको सुखद करियर बिताए । अब उनी ईतिहाद स्टेडियम छाड्ने संघारमा आईपुगेका छन् । मिलानले सिल्भाका प्रतिनिधिसंग सम्भावित यात्राको बिषयमा छलफल गरेको छ ।
ब्याकह्यामको क्लबले समेत स्पेनिस स्टारको खेल प्रर्दशनबाट लोभिएर अनुबन्धमा ईच्छा देखाएको छ ।
यस्तै, एमएलएस क्लब न्युयोर्क सिटीले समेत स्पेनका अन्तराष्ट्रिय खेलाडी अनुबन्धमा ईच्छा देखाएको छ ।
सिटीसंग सिल्भाको सम्झौता जुन ३० मा सकिदैछ । सिटीमा रहदाँ सिल्भाले १३ उपाधि जिते । उनले चार प्रिमियर लिग सहित दुई एफ ए कप र पाँच लिग कपको मेडल जित्न सफल भएका थिए ।