एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका फरवार्ड थोमस मुलरले क्लबसँगको सम्झौतामा नवीकरण गरेका छन् ।
जर्मनीका विश्वकप विजेता फरवार्ड मुलरले क्लबसँग मंगलबार थप दुई वर्षको नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतासँगै मुलर सन् २०२३ सम्म क्लबमा रहनेछन् । उनले सम्झौता सकिन एक वर्ष बाँकी रहदै नवीकरण गरेका हुन् ।
'अझै २ वर्षमा क्लबमा रहदा म खुसी छु । क्लबका लागि मैदानमा सबै दिनेछु,' मुलरले नयाँ सम्झौतापछि भने ।
३० वर्षे मुलर सन् २००९ मा वायर्न आएका थिए । उनले क्लबका लागि ५०० बढी खेल खेलेका छन् । उनले बुन्डेस लिगामा १ सय १६ गोल गरिसकेका छन् ।
मुलर जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा टिमका मुख्य खेलाडी थिए ।