एजेन्सी । कोरोना भाईरसको कारण स्थगित स्पेनिस ला लिगा फुटबल आगामी मे महिनाको अन्तिमबाट पुन: सुचारु हुने भएको छ ।
ला लिगाका अध्यक्ष जाभियर टेबासले लिग मे २८ बाट सुचारु गर्ने तयारीसहित छलफल भईरहेको बताएका छन् ।
'हामीले यो फरक परिस्थितिमा प्रतिस्पर्धामा जान युईएफएसँग छलफल गरिरहेका छौँ । सम्भवत मे २८, जुन ६ वा जुन २८ रहेको छ,' उनले भनेका छन्, 'हामी यहिँ मिति भन्न सक्दैनौ । स्पेन सरकारले दिनेछन् ।'
कोरोनाको कारण स्पेनमा मार्च ११ पछि कुनै फुटबल गतिविधि भएको छैन । आगामी अप्रिल २६ सम्म फुटबल गतिविधि स्थगित गरिएको छ ।
यस्तै उनले लिग रद्द भएका १ बिलियन युरो गुमाउनु पर्ने बताए ।