एजेन्सी । लण्डन क्लब चेल्सीले ब्राजिली स्टार फिलिप कौटिन्होका लागि महङ्गो रकम खर्च गर्नुपर्ने देखिएको छ ।
लोनमा जर्मन क्लब बार्यन म्युनिखबाट खेलिरहेको कौटिन्होलाई चेल्सीले करिब ७० मिलियन पाउण्ड खर्च गर्नुपर्ने देखिएको हो ।
चेल्सी प्रिमियर लिग क्लब लिभरपुलका पूर्व स्टार कौटिन्होलाई अनुबन्ध गर्न ईच्छुक छ । कौटिन्हो सिजनको अन्तिममा ऋणबाट खेलिरहेका बार्यनबाट बार्सिलोना फर्कदै छन् ।
तर ब्राजिली स्टार कौटिन्होलाई बार्सिलोनाले सस्तोमा बेन्च अनिच्छिा देखाएको हो । पश्चिम लण्डन क्लबले उनका लागि ठुलो रकम खर्च गर्नपर्ने आवश्यकता देखिएको छ ।
२७ बर्षिया फरवार्ड बुन्डेशलिगा च्याम्पियनमा पछिल्लो समरमा लोनमा गएका थिए । तर बार्यन भने उनलाई लोन सहित १ सय ५ मिलियन पाउण्डमा खरिद गर्न सक्ने विकल्पमा तयार देखिएन ।
चेल्सी ब्राजिल फरवार्डलाई स्टामफोर्डब्रिज उतार्न उनका एजेन्टसंग नियमित सम्पर्कमा छ । चेल्सीले कौटिन्हो उतार्नका लागि म्यान्चेष्टर युनाईटेड सहित टोटेनहम र आर्सनलसंग भिड्नुपर्नेछ ।
प्रिमियर लिगका अन्य तीन क्लब समेत कौटिन्हो अनुबन्धमा चासो देखाईरहेको छ ।
बार्सिलोनाले सन् २०१८ को जनवरीमा लिभरपुल स्टारका लागि १ सय ४५ मिलियन पाउण्ड खर्च गरेको थियो ।
तर ब्राजिली सहकर्मी नेयमारको अभाव पूर्ती गर्न नाउ क्याम्पमा आएका कौटिन्होले खासै प्रभाव देखाउन सकेनन् । लगत्तै उनी बार्यनमा लोनमा पुगेका थिए । ब्राजिली प्लेमेकर आफैपनि प्रिमियर लिग क्लब जान चाहन्छन् ।