एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले बास्केटबल लिजेण्ड कोबे ब्रायन्टको निधनले आफुलाई गहिरो प्रभाव पारेको बताएका छन् ।
लस एन्जल्स लार्कर्सका लिजेण्ड कोबेको गतव जनवरीमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । कोबेसँगै उनकी १३ वर्षे छोरि र अन्य सात जनाको निधन भएको थियो ।
ब्राजिलियन सुपर स्टार नेयमारले आफ्नो र कोबेको जीवनमा समानता रहेको कारण उनको निधनले आफु मर्माहित भएको बताए ।
'उनको निधनले मलाई धेरै असर गर्यो । किनकी हाम्रो जीवनमा धेरै समानता थिए,' भोग मेन अरेबियासँग नेयमारले भनेका छन् ।
कोबेको निधनअघि नेयमारले उनीसंग पटक पटक भेट गरेका थिए । कोबे नेयमारका मन पर्ने खेलाडीमध्येका एक थिए ।
'पेरिस आएको समय मैले उहाँसँग भेट गरेका थिए । जब तपाई अर्का एथ्लेटिकलाई भेट्नु हुन्छ । यसले फरक सम्बन्ध सिर्जना गर्छ । कोबेसँग मेरो सम्बन्ध विशेष थियो । खेलकुद र समाजले एक ठुलो मान्छे गुमाएको छ,' नेयमारले भने ।
कोबेका निधनपछि नेयमारले श्रदान्जली व्यक्त गर्दै उनको जर्सी लगाएका थिए ।
यस्तै क्लबका लागि गोल गर्दा नेयमारले कोबेले प्रयोग गर्ने जर्सी नम्बर २४ उल्लेख गरेका थिए ।