एजेन्सी । बेलायतका स्वास्थ्य सचिव म्याट हान्ककले प्रिमियर लिगका खेलाडीले आफ्नो तलब कटौती गर्नु पर्ने बताएका छन् ।
स्वास्थ्य सचिव हान्ककले कोरोना भाईरसको महामारीको समय खेलाडीले तलब कटौती गरेर आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताएका हुन् ।
'धेरै मानिसले गरेको त्यागको आधारमा प्रिमियर लिगका खेलाडीले पनि त्यो योगदान गर्न सक्छन,' सरकारको नियमित पत्रकार सम्मेलनमा हान्ककले भने ।
कोरोना भाईरसको कारण क्लबको आर्थिक संकटलाई ध्यान राख्दै स्पेन, इटाली लगायतका ठुला क्लबका खेलाडीले तलब कटौती गर्न राजी भईसकेका छन् ।
बार्सिलोना, रियल मड्रिड, युभेन्ट्स, वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका खेलाडी तलब कटौतीका लागि राजी भएका छन् ।
तर, प्रिमियर क्लबका खेलाडीले भने तलब कटौतीको विषयमा कुनै निर्णय गरेको छैन ।
यस्तै प्रोफेसनल फुटबलर संघले पनि खेलाडीले आर्थिक बोझलाई साझेदार गर्नु पर्ने बताएको छ ।
कोरोनाको कारण इंग्ल्यान्डमा अप्रिल ३० सम्म फुटबल गतिविधि स्थगित गरिएको छ ।
यस सिजन लिगमा लिभरपुल शीर्ष स्थानमा रहेको छ ।
कोरोनाको कारण बेलायतमा २ हजार बढीको मृत्यु भईसकेको छ ।