एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ ।
क्लबको ४ सय ३० कर्मचारीलाई तलब वितरण गर्न क्लबले आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको हो ।
एट्लेटिकोको सिनियर पुरुष र महिला टिम, एट्लेटिकोको बी टिम तथा प्रशिक्षकले तलब कटौतीको बिषयमा क्लबसंग आन्तरिक सहमती गरेका छन् ।
एटलेटिकोले आधिकारिक वेबसाईटमार्फत यसको पुष्टि गर्दै सिजन पुरा हुने वा रद्व हुने दुई फरक विकल्पमा सम्झौता गरिएको जनाएको छ ।
'समस्या समाधानका लागि क्लबको पहिलो टिमले आधा रकमको योगदान गर्नेछ भने क्लब व्यवस्थापनमा रहेको सीईयो र निर्देशकहरुले आधा रकम बराबरको योगदान गर्नेछन् ।' क्लबद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
एट्लेटिकोले लिगको शीर्ष स्थानको बार्सिलोनाको बाटो पछ्याएको छ ।
बार्सिलोनाले वित्तिय संकट कम गर्न खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको थियो ।