एजेन्सी । युभेन्ट्सका मिडफिल्डर ब्लेज माटुडीले क्लबसंग एक बर्षको सम्झौता नविकरण गरेका छन् ।
फ्रान्सेली मिडफिल्डरले सिरि ए क्लबसंग सन् २०२१ को जुनसम्म रहने निर्णय गरेका हुन् । ३२ बर्षका मिडफिल्डरको सम्झौता सन् २०१९-२० को सिजन संगै सकिदैछ ।
त्यसअघिनै मिडफिल्डर माटुडीले सिरि ए च्याम्पियनसंग एक बर्षको सम्झौता गरेका हुन् ।
क्लबको अर्धबार्षिकी रिपोर्ट भर्खरै सार्वजनीक भएको छ । तर युभेन्ट्सले माटुडीले गरेको सम्झौता नविकरणको विषय यसअघि खुलाएको थिएन ।
उनले यस सिजन सबै प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धा गरेका छन् । कोरोना भाईरसका कारण सिरि एका खेलहरु स्थगित अवस्थामा छन् ।
उनी सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट साढे २२ मिलियन पाउण्डमा युभेन्ट्स आएका थिए ।
युभेन्ट्स आएपछि उनी सिरि ए च्याम्पियनका लागि १ सय १८ खेलमा मैदान उत्रिए ।
युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा रहेको छ ।