काठमाडौं । अर्जेन्टिनाका फरवार्ड पाउलो डिबलाले आफ्नो देशमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई घृणा गर्ने बताएका छन् ।
अर्जेन्टिनी फुटबल एसोसिएसनको अनलाइनसँगको अन्तर्वार्तामा डिबलाले आफ्नो देशमा रोनाल्डोलाई मन नपराउने बताएका हुन् ।
युभेन्ट्समा फरवार्ड डिबलाले आफुले रोनाल्डोलाई समेत यस कुरा सुनाएको बताए ।
'मैले क्रिस्टियानोलाई भनेको छु । हामी तपाइलाई मन पराउँदैनौ किनकि तपाईको फिगर, तपाइको हिडाई र तपाई के गर्नु हुन्छ,' डिबलाले भने, 'तर, तपाईले मलाई आश्चर्य बनाउनु भयो । मैले भेट्दा तपाई फरक हुनुहुन्छ ।'
डिबला र रोनाल्डो इटालियन जाइन्ट युभेन्ट्सका टिम मेट हुन् । दुईको साझेदारीले युभेन्ट्सको अग्रपंक्ति निकै बलियो देखिएको छ ।
तर, कोरोना भाईरसको महामारीको कारण सिरी 'ए' फुटबल अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
यस्तै डिबलालाई समेत कोरोना भाईरस देखिएको थियो । तर, उनी पूर्ण रुपमा स्वस्थ्य भईसकेका छन् ।
डिबलाले कोरोना भाईरस पोजिटिभ देखिदा निकै कठिन भएको समेत बताए ।
'मैले धेरै खोकेँ । म धेरै थकित थिएँ । राति सुत्दा चिसो महसुस हुन्थ्यो,' डिबलाले भने, ‘यसरी बस्न कठिन भयो ।'