एजेन्सी । स्पेनिस महारथी क्लबहरु बार्सिलोना र रियल मड्रिडले ईन्टर मिलानका स्टार लौटारो मार्टिनेजलाई अनुबन्ध गर्ने ईच्छा देखाएका छन् ।
मार्टिनेजका एजेन्ट बेटो येकले यसको पुष्टि गर्दै स्पेनिस दुई महारथी क्लबले मार्टिनेज अनुबन्धमा चासो देखाएको बताएका हुन् ।
मार्टिनेजका एजेन्टले धेरै क्लबबाट अर्जेन्टिनी फरवार्डका लागि प्रस्ताव आएको पुष्टि गर्दै स्पेनिस क्लब समेत मार्टिनेज अनुबन्धको दौडमा रहेको प्रष्ट पार ।
२२ बर्षका सेन्ट्रल फरवार्ड मार्टिनेज यसै सिजन ईन्टर आएका थिए । उनले सबै प्रतियोगितामा १६ गोल समेत गरेका छन् ।
सिरि ए फुटबलमा मार्टिनेजले देखाएकाे प्रभावका कारण युरोपका ठुला क्लब उनलाई अनुबन्ध गर्न चाहन्छन् ।
उनका एजेन्ट बेटो येकले धेरै क्लबसंग छलफल चलिरहेको भन्दै उपयुक्त विकल्प छनोट गरिने बताए ।
‘यो भन्न सकिन्छ, बार्सिलोना र रियल मड्रिडले मार्टिनेजलाई चाहेका छन् । तर यसले उनलाई प्रभाव पार्दैन ।’ येकले भनेका छन्, ‘अरु खेलाडी भएको भए रातमा सुत्न सक्दैन थिए ।’
‘उनले कहिल्यै फोन गरेर सोध्दैनन्, यो साँचो हो वा झुट हो भनेर । उनी वर्तमान र आफ्नो काममा मात्र केन्द्रित हुन्छन् ।’ मार्टिनेजका एजेन्टले भने ।
‘धेरै मानिससंग कुरा गरेका छौ । धेरै कुरा केही छैन । जसले मलाई बोलाएका छन्, उनीहरु क्लबका नेतृत्वमा रहेका मानिस हैनन् । गम्भिर कुरा केही भएको छैन ।’ उनले थपेका छन् ।
‘यो एक सपना हो । उनी बजारमा उपलब्ध सबैभन्दा राम्रो खेलाडी मध्य एक हुन् । तर त्यसले केही फरक पारेको छैन । उनी मात्र एक चिज चाहन्छन्, खेल्न र गोल गर्न ।’ योकले भनेका छन् ।
‘निरन्तर वृद्विमा उनको ध्यान छ । विश्वका ठुला क्लब उनलाई हेरिरहेका छन् । हामी आशा गछौ, उनको कामलाई पुरस्कृत गरियोस, किनकी उनी यसको हकदार छन् ।’ उनले भनेका छन् ।
सिरि ए फुटबलमा ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ९ अंकले पछाडी रहेको छ ।
उनले युरोपेली प्रतियोगितामा राम्रो प्रर्दशन गरे । उनले च्याम्पियन्स लिगका ६ खेलमा ५ गोल गरे । तर युरोपा लिगबाट बाहिरिने क्रममा उनले क्लबको उद्वार गर्न भने सकेनन् ।
मार्टिनेज पछिल्लो समय बार्सिलोनासंग जोडिएका छन् । क्लबका लिजेण्ड रिभाल्डोले मार्टिनेजलाई अनुबन्धमा बार्सिलोनाले ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए ।
‘उनी ईन्टरका महत्वपूर्ण खेलाडी हुन् । उनी भविष्यमा राम्रो खेलाडी बन्न सक्छन् । तर उनी बार्सिलोनाका लागि तयार भैसकेका छैनन ।’ रिभाल्डोले भनेका छन् ।
उनले मार्टिनेजलाई अझ विकास गर्न र अनुभव दिन आवश्यक रहेको बताएका थिए ।