एजेन्सी । स्कटल्याण्ड फुटबल टिमका मुख्य प्रशिक्षक स्टिभ क्लार्क तलब कटौती गर्न सहमत भएका छन् ।
कोरोना भाईरसको महामारीविरुद्ध लड्न प्रशिक्षक क्लार्कले १० प्रतिशित कम तलब लिने भएका हुन् ।
स्कटिस फुटबल फेडेरेसनको आर्थिक संकटलाई मध्येनजर गर्दै प्रशिक्षक क्लार्कले तलब कम लिने निर्णय गरेका हुन् ।
यस्तै स्कटिस फुटबलका कार्यकारी अधिकृत इयान म्याक्सवेल र स्कटिस प्रोफेसनल फुटबल लिगका कार्यकारी अधिकृत निल डोनकस्टरले पनि १० प्रतिशत तलब कम लिने भएका छन् ।
त्यस्तै स्कटिस फुटबल फेडेरेसनका अध्यक्ष रोड पेट्री र उपाध्यक्ष माइक मुलरानेको पनि २० प्रतिशत तलब कटौती गरिएको छ ।