एजेन्सी । ब्राजिली स्टार विलियनले प्रिमियर लिगमै रहने ईच्छा ब्यक्त गरेका छन् ।
उनले लण्डन क्लब चेल्सी छाडेपनि आफू प्रिमियर लिगमै रहने ईच्छा रहेको बताएका हुन् ।
ब्राजिलियन स्टारको चेल्सीसंगको सम्झौता जुनको अन्तिममा सकिदैछ ।
नयाँ सम्झौताको प्रक्रिया अघि नबढेकाले समर ट्रान्सफरमा क्लब छाड्न सकिने विलियनको अनुमान छ ।
विलियनलाई पूर्व प्रशिक्षक जोसे माउरिन्होले टोटेनहममा लिन चाहेका छन् । उनी अनुभवी खेलाडीलाई टोटेनहममा उतार्न चाहेका छन् ।
३१ बर्षका खेलाडीले भनेका छन्, ‘मेरो ईच्छा प्रिमियर लिगमै बस्ने हो । अन्य लिन खेल्ने बिषय नकार्न सकिदैन । सिजनको अन्तिमसम्म खेल्नेछु । त्यसपछि हेरौ के हुन्छ ।’
आफ्नो ध्यान चेल्सीसंग सम्झौता नविकरणमा रहेको भन्दै विलियनले लण्डन क्लबमै रहने सम्भावना निकै कम रहेको बताएका छन् ।
‘उनीहरु दुई बर्षको सम्झौता गर्न चाहन्छन् । मैले तीन बर्षको माग गरिरहेको छु ।’ उनले भनेका छन् ।
‘अहिले सबैकुरा बन्द भएको छ ।’ विलियनले थपेका छन् ।
‘मैले हल्लाहरु सुनेको छु । केही क्लब मलाई चाहिरहेका छन् । किनकी म बजारमा खाली छु । म बार्गेनिङका लागि सक्षम छु । अहिलेसम्म कुनै औपचारिक प्रस्ताव मसंग छैन ।’ विलियनले थपेका छन् ।
‘ब्राजिली फर्कनुको कुनै अन्य कारण छैन । मैले मेरो दिमाग परिवर्तन गरेको छैन । म अझै युरोपमै खेल्न चाहन्छु ।’ उनले भने ।
विलियनसंगै पेड्रो, ओलिभर जिराउड र विली काबालेरोसंग चेल्सीको सम्झौता यसै सिजनमा सकिदैछ ।