एजेन्सी । म्यान्चेष्टर युनाईटेडका पूर्व डिफेन्डर एस्ले योङले ईन्टर मिलानसंगको सम्झौता लम्ब्याउन चाहेको बताएका छन् ।
उनले आफु ईटालीको प्रेममा परेको उल्लेख गर्दै ईन्टरमा बस्न चाहको बताएका हुन् ।
योङ जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडबाट करिब साढे १ मिलियन पाउण्डमा ईन्टर आएका थिए ।
उनले ईटालियन क्लबसंग ६ महिनाको मात्र सम्झौता गरेका थिए ।
३४ बर्षका खेलाडीले युनाईटेडमा साढे ८ बर्ष बिताएका थिए । प्रशिक्षक ओले गुनर सोल्सायरको प्राथमिकतामा नपरेपछि योङले नयाँ चुनौती लिने भन्दै सिरि ए क्लब रोजेका थिए ।
भेट्रान डिफेन्डरले सबै प्रतियोगितामा यस सिजन मात्र ६ खेलमा मौका पाएका थिए । ईन्टर कोपा ईटालिया र युरोपा लिगमा प्रतिस्पर्धामा छ ।
योङले मिलानमा समेत प्रभाव जमाउन सफल भए । तर कोरोना भाईरसका कारण सिजन रोकिएपछि योङको करियरमा समेत धक्का लागेको छ ।
सन् २०१९÷२० को सिरि ए को बाँकी सिजन सुरु हुनेबारे अझै अन्यौलता छ ।
विश्व महामारीका कारण सिरि ए स्थगित अवस्थामा छ । योङलाई एक बर्षका लागि क्लबमा राख्ने विकल्प ईन्टरसंग अझै छ ।
'म रोकिन चाहन्छु र जित्न चाहन्छु । मैले भाषा जानिरहेको छु । मानिसहरु निकै आशावादी छन् । जब तिमी कुरा गछौ, त्यो देख्न पाउँछौ ।' योङले भनेका छन् ।
उनले प्रशिक्षक एन्टोनी कोन्टेको प्रशंसा गर्दै उनलाई बलियो मानसिकताको रुपमा ब्याख्या गरे ।
'जब कोन्टेले फोन गरे । म उनको जित्ने चाहनामा सहमत बने । उनले मलाई बदले ।' योङले भने, 'म त्यहाँ जानेछु । एक महान कामको हिस्सा बन्नेछु ।'
ईन्टरले बन्द रंगशालामा खेलिएको सिरि एमा युभेन्ट्ससंग २–० ले खेल गुमाएको थियो । मिलान क्लब शीर्ष स्थानको युभेन्ट्ससंग ९ अंकले पछाडी रहेको छ ।