एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आफ्नो टिम मैदान फर्कन र उपाधि जित्न चाहिरहेको बताएका छन् ।
कोरोना भाईरसको कारण लकडाउनमा रहेका पोग्बाले युनाइटेडका समर्थकलाई एक भिडियो सन्देशबाट टिमले उपाधि जित्न चाहेको बताएका हुन् ।
समर्थकलाई घरमै सुरक्षित रहन सुझाब दिदै पोग्बाले भनेका छन्, 'आशा छ यी कुराहरु चाडै ठिक हुनेछ र हामी खेलमा फर्कनेछौँ । हामी तयार छौँ र उपाधि जित्न चाहन्छौँ । सुरक्षित रहनुहोस् हामी चाडै मैदान फर्कने छौँ ।'
कोरोनाको कारण आगामी अप्रिल ३० सम्म प्रिमियर लिग स्थगित गरिएको छ । तर, एन्कल इन्जुरिको कारण पोग्बा लामो समयबाट मैदान उत्रिएका छैनन् ।
प्रिमियर लिग स्थगित भएपछि युनाइटेडले आफ्ना समर्थकको लागि सन्देशमुलक भिडियो बनाएको हो । जसमा पोग्बा र जेसे लिंगार्डको सन्देश समेटिएको छ ।