एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका विंगर सन ह्युङ मिन दक्षिण कोरिया फर्किएका छन् ।
कोरोना भाईरसको कारण प्रिमियर लिग स्थगित भएपछि इंग्ल्यान्डमै रहेका सन घर फर्किएका हुन् ।
टोटेनहमले घरायसी कारण सन घर फर्किएको जनाएको छ ।
सनले यस सिजन २१ खेलमा ९ गोल गरेका छन् । तर, चोटका कारण फेब्रुवरीपछि उनले खेलेका छैनन् ।
यस्तै नेदरल्यान्ड्सका स्टिभेन बेर्जविजिन पनि घर फर्किएको टोटेनहमले जनाएको छ । बच्चा जन्मिने भएपछि स्टिभेन घर फर्किएको क्लबले जनाएको छ ।
मार्च ७ मा बर्नलीविरुद्धको खेलमा चोट बोकेका स्टिभेनले घरमै आराम गर्ने समेत क्लबले जनाएको छ ।
कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ ।