एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगानले कोरोना भाईरसको कारण प्रिमियर लिगको सिजन नसकिए उपाधि लिभरपुललाई दिनु पर्ने बताएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ ।
कोरोनाको महामारी नियन्त्रण भन्दा बाहिर गईरहेको कारण बाँकी लिग खेल हुने नहुनेमा अन्योलता रहेको छ ।
त्यसैले लिग नसकिए शीर्ष स्थानको हैसियतले उपाधि लिभरपुललाई दिनु उचित हुने गुन्डोगानको भनाई छ ।
सिजन नसकिए उपाधि लिभरपुललाई दिनुपर्छ भन्ने प्रश्नमा गुन्डोगानले भने, 'मेरो लागि यो ठिक छ । एक खेलाडीको रुपमा निष्पक्ष हुनुपर्छ ।'
यस सिजन लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २५ अंकले अघि रहेको छ । र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
यस्तै २९ वर्षे जर्मन मिडफिल्डर गुन्डोगानले इटाली र जर्मनीका ठुला क्लबका खेलाडीको तलब कटौती राम्रो निर्णय भएको तर इंग्ल्यान्डमा यस विषयमा छलफल नभएको बताए ।