काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई १-० गोल अन्तरले पराजित गर्दै खुमलटारले सुखद सुरुवात गरेको हो ।
खुमलटारको जितमा महेश राईले निर्णायक गोल गरे । उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै खुमलटारले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । मध्यपुरले भने हारबाट सुरुवात गरेको छ ।
सोमबार भएको पहिलो खेलमा टुसाल युथ क्लबले पुल्चोक स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।