काठमाडौं । त्रिभुवन आर्मी क्लब राइनो गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
नवलपुरमा सोमबार भएको सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीको जितमा सुदिल राईले ह्याट्रिक गरे । यस्तै सन्तोष तामाङ र राजिब गुरुङले एक एक गोल गरे । शेर्पाका विजय श्रेष्ठले एक गोल फर्काए ।
खेलमा सुदिल म्यान अफ दि म्याच चुनिए ।
अब आर्मीले उपाधिका लागि च्यासल युथ क्लब र नेपाल पुलिस क्लबको विजेतासँग खेल्नेछ ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।