धरान । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा सोमबार मोरङको बेलबारी फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
मनाङको जितमा दयानन्द सिंहले दुई गोल गरे । यस्तै निशान लिम्बु र विमल रानाले एक एक गोल गरे।
अब मनाङले सेमिफाइनलमा यूके एफसीसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।