एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति एक खेल हुँदैछ ।
लिगको २७ औं खेलमा लिग लिडर लिभरपुलले वेष्ट ह्याम युनाइटेडको सामना गर्दैछ । लिभरपुलको मैदानमा हुने खेल राति १:४५ बजे सुरु हुनेछ ।
एनफिल्डमा लिभरपुल जित निकाल्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । लिगको २६ खेलसम्म लिभरपुल अपराजित रहेको छ ।
लिभरपुलले एक खेल बराबरी खेल्नु बाहेक अन्य सबै खेल जितेको छ । वेष्ट ह्यामलाई हराउँदै लिभरपुल उपाधि होड बलियो बनाउन चाहन्छ ।
लिभरपुलले २६ खेलमा ७६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १९ अंकले अघि रहेको छ ।
यता, वेष्ट ह्याम भने लिभरपुललाई पहिलो हार चखाउन चाहन्छ । तर, रेलिगेसन क्षेत्रको वेष्ट ह्यामले अप्रत्यासित नजिता निकाल्नु पर्ने हुन्छ ।
वेष्ट ह्याम २४ अंक जोडेर लिगको पुछारबाट तेस्रो स्थानमा रहेको छ ।