एजेन्सी । लियोनल मेस्सीले ब्राजिली स्टार नेयमार र लौरेन्टो मार्टिनेजलाई बार्सिलोनामा आबद्ध गर्न चाहेको बताएका छन् ।
अर्जेन्टिनी लिजेण्डले आफ्नो ईच्छा ब्यक्त गर्दै नेयमारलाई फर्काउन र निकै शानदार फर्ममा रहेका मार्टिनेजलाई बार्सिलोनामा जोड्न चाहेको बताएका हुन् ।
आउँदो समर ट्रान्सफर विन्डोमा दुवै खेलाडीलाई क्लबमा आबद्ध गर्ने मेस्सीको चाहना छ ।
उनले भनेका छन्, 'मैले यसअघिनै भनेको छु, नेयमार एक सर्वोकृष्ट खेलाडी हुन् । उनले मैदानमा धेरै चिज दिन सक्छन् ।'
'नेयमार बास्तवमै बार्सिलोना फर्कन उत्सुक छन् । उनले सधै आफुलाई ग्लानी महशुश गरेका छन् । उनलाई फर्काउन धेरै कोशिश गरियो । उनलाई फर्काउन अझै कोशिश गरिनेछ ।' मेस्सीले भनेका छन् ।
नेयमार कीर्तिमानी मुल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी गएका थिए । तर अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेपछि उनी स्पेन फर्कन आतुर छन् ।
मार्टिनेजको बारेमा मेस्सीले भने, 'उनी बास्तवमै शानदार छन् । उनी प्रभाव छाड्ने अवस्थामा छन् । उनी महान खेलाडी बन्ने अभियानमा छन् । उनीले देखाएका पनि छन् ।'
'उनी निकै बलिया छन् । उनी निकै राम्रो देखिन्छन् । उनले धेरै गोल गरेका छन् । उनी आफ्नो क्षेत्रमा जोसंग समेत प्रतिस्पर्धा गर्न सक्छन् । उनीसंग धेरै क्षमता छ । उनी एक पूर्ण खेलाडी हुन् ।' मेस्सीले थपेका छन् ।
'स्वारेजसंग समेत धेरै अनुभव छ । जसले मार्टिनेजलाई क्लबमा रहन सहयोग पुग्न सक्छ । तर ति सबै अनुमान हुन् ।' मेस्सीको भनाई छ ।
ईरिक एबिडाल क्लबमा आएपछि मेस्सीको भनाई बाहिर आएको हो ।
नेयमारले पछिल्लो बर्ष बार्सिलोना फर्कन निकै जोड गरेका थिए । तर पीएसजीले उनलाई छोड्न मानेन । एन्टोनियो कोन्ट र ईन्टर मिलानले मार्टिनेजमाथि ठुलो मुल्य राखेको छ । मार्टिनेजको प्रभाव लिगमा बढ्दै जादा उनको मुख्य समेत बढेको छ ।
चोटका कारण स्वारेजले चालू सिजन मैदान बाहिर रहेर बिताउने छन् । बार्सिलोनालाई फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यानले साथ दिईरहेका छन् ।
तर मेस्सी भने ग्रिजम्यानसंग खेल्दा सन्तुष्ट छैनन् । उनी नेयमारलाई बार्सिलोना फर्काउन क्लबमाथि दबाब दिईरहेका छन् ।