एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्व गोलकिपर ह्यारी ग्रेगको निधन भएको छ ।
नर्दन आयरल्याण्डका गोलकिपर समेत रहेका ग्रेगको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो । कोलेरिनस्थित काउसवे अस्पतालमा उनको निधन भएको ह्यारी ग्रेग फाउन्बडेसनले जनाएको छ ।
म्युनिख हवाई दुर्घटनाको हिरो ग्रेग सन् १९५७ मा सर्वाधिक महंगा गोलकिपरको रुपमा युनाइटेडमा अनुबन्धित भएका थिए । उनलाई युनाइटेडले २३ हजार ५ सय पाउण्डमा अनुबन्ध गरेको थियो ।
म्युनिख हवाई दुर्घटनामा बाच्न सफल ग्रेगले घाइते यात्रु र अन्य खेलाडीको उद्धार गर्दै नायकत्व काम गरेका थिए । उक्त दुर्घटनामा युनाइटेडका खेलाडीसहित २३ जनाको मृत्य भएको थियो ।
ग्रेगले नर्दन आयरल्याण्डबाट १९५४ देखि १९६३ सम्म २५ खेल खेलेका थिए ।