धनगढी । सुदुरपश्चिम-११ स्पोर्टस क्लब र आयोजक मनकामना युवा क्लब 'बी' टिमले भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा जित निकालेका छन् ।
धनगढीको जुगेडामा भईरहेको प्रतियोगिता अन्तर्गत पुरुषतर्फ सोमबार सुदुरपश्चिम-११ र मनकामनाले जित निकालेका हुन् ।
पहिलो खेलमा आयोजक मनकामनाले क्याम्पसरोड-११ लाई ३–० को अन्तरले हरायो । मनकामनाका लागि भीम थापाले दुई र अंकित वरायलीले एक गोल गरे ।
दोस्रो खेलमा सुदुरपश्चिम-११ ले फुलवारी-११ लाई ४–० ले हरायो । सुदुरपश्चिमका लागि विदेश खेलाडी ग्लोरी, विक्रम सिंह धन थापा र प्रचेश चौधरीले एक एक गोल गरे
मनकामना युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार पुरुषतर्फ मदरल्याण्ड युवा क्लब र नवोबुद्ध युवा क्लब तथा पिएफए अत्तरिया र वोएकान युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ७ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार प्रदान गरिनेछ । त्यस्तै महिलातर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।