काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० को अग्रता बनाएको छ ।
खेलको ३८ औं मिनेटमा सब्सिच्युड खेलाडी रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।
रेजिन २८ औं मिनेटमा दिपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए ।