काठमाडौं । 'ए' डिभिजन लिग क्लब थ्री स्टार क्लबलाई खेल पोशाक कम्पनि एडिडासले प्रायोजन गरेको छ । थ्री स्टारले सोमबार एडिडासको नेपालको अधिकारिक बिक्रेता रुड्स फेसनसँग सह प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्लबका अध्यक्ष अरुण मान जोशी र रुड्सका प्रबन्ध निर्देशक सन्जिब तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै एडिडासले थ्री स्टारलाई २५ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने छ ।
थ्री स्टारको मुख्य प्रायोजकको रुपमा रुस्लान रहेको छ । थ्री स्टारले क्लबको आधिकारिक खेल पोशाकको रुपमा एडिडास नेपालसंग सह प्रायोजकको सहकार्य गरेको हो ।
सम्झौता अनुसार एडिडासले २५ लाख रुपैयाँ बढीको खेल सामाग्री क्लबलाई उपलब्ध गराउनेछ ।
जसमा जर्सी सेट, मोजा, ट्रयाकसुट, फुटबल बुट, फुटबल, ब्याग, बिव्स, अभ्यास जर्सी, गोलकिपर ग्लब्स, स्पोर्टस सुज र टिसर्ट रहेका छन् ।
सम्झौता कार्यक्रममा क्लबका कप्तान बिक्रम लामाले थ्री स्टारको पुरानो शाख जोगाउने गरि लिगमा प्रर्दशन गर्ने बताए ।
नयाँ सिजनका लागि क्लबमा समिश्रण टिम रहेको जानकारी दिदै उनले सतप्रतिशत मेहनत गरेर नतिजा निकाल्ने बताएका थिए ।
क्लबका प्रशिक्षक मेघराज केसीले प्रयोजनले क्लबको प्रर्दशनमा निखार ल्याउन सहयोग पुग्ने धारणा राखेका थिए ।
थ्री स्टारले तीन पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । उनले २०७२ सालमा राष्ट्रिय लिग जितेको थियो । यस्तै २०५४, ६१ र ६९ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको थियो ।
थ्री स्टारले मोफसलका अधिकांश प्रतियोगिताको उपाधि उचालिसकेको छ । क्लबले लिगमा उच्च प्रर्दशन गर्ने लक्ष्य सहित टिम तयार पारेको समेत जानकारी दिएको छ ।