काठमाडौं । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान गएको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।
नेपाली टिम बिहिबार दिउँसो नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको थियो । दशरथ रंगशाला तयार नभएपछि नेपालले आफ्नो पहिलो घरेलु खेल भुटानमा खेलेको हो ।
कुवेतमा भएको पहिलो लेगको खेलमा भने नेपाल ७–० ले पराजित भएको थियो ।
अब नेपालले घरेलु मैदानमा चाईनिज ताइपेसँग खेल्नेछ ।