काठमाडौं । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्व खेल्न भुटान गएको राष्ट्रिय फुटबल टिम आज (बिहिबार) स्वदेश फर्कदैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने जनाएको छ ।
विश्वकप छनोट खेल्न नेपाली टिम भुटान गएको थियो ।
दशरथ रंगशाला तयार नभएपछि नेपालले आफ्नो पहिलो घरको खेल भुटानमा गएको थियो ।
भुटानमा भएको खेलमा नेपाली टिम कुवेतसंग १–० ले पराजित भएको थियो । कुवेतमा भएको पहिलो लेगको खेलमा भने नेपाल ७–० ले हारेको थियो ।
मुख्य चार खेलाडी अनुशासनको कारबाहीमा परेपछि एन्फाले २० खेलाडी समावेश गर्दै भुटान उडेको थियो ।
भुटान उड्ने अघिल्लो दिन विमल घर्तिमगर, दिनेश राजवंशी, सन्तोष तामाङ र अन्जन विष्ट नाईट क्लबमा भेटिएका थिए ।