एजेन्सी । वालेन डी'ओर को प्रारम्भिक सूचीमा ईङ्लिस क्लब लिभरपुलको दबदबा देखिएको छ ।
प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका ७ खेलाडी परेका छन् ।
मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जर्जिन्हो विजनाल्डम र एलिसन लिभरपुलबाट अवार्डको सूचीमा परेका हुन् ।
यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचीमा छन् ।
यस्तै टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचीमा अटाएका छन् ।
पछिल्ला १० बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डो र मेस्सी समेत प्रारम्भिक सूचीमा छन् ।
केही ठुला क्लबका खेलाडी समेत सूचीमा अटाएका छन् ।
केही ठुला नाम प्रारम्भिक सूचीमा पर्न सकेनन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन प्रारम्भिक सूचीमै अटाउन सकेनन् ।
गत बर्षको च्याम्पियन्स लिग विजेता खेलाडी रहेको लिभरपुलका खेलाडीको बाहुल्यता रहेको सूचीमा प्रिमियर लिग क्लब सिटीबाट दोस्रो धेरै खेलाडी परेका छन् ।
बार्सिलोनाबाट मेस्सी सहित फ्रेनकी डी जोङ, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगन परेका छन् ।
आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन् ।
रियल मड्रिडका फरवार्ड ईडेन हजार्डले समेत सूचीमा स्थान बनाएका छन् ।