एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले आज (सोमबार) शेफिल्ड युनाइटेडको सामना गर्दैछ ।
शेफिल्डको घरेलु मैदानमा हुने खेल मध्ये राति १२:४५ मा सुरु हुनेछ । शेफिल्डविरुद्ध मैदान उत्रदा आर्सनल सहज जितको खोजीमा हुनेछ ।
आर्सनल शेफिल्डलाई हराउँदै तालिकाको शीर्ष तीनमा समेत पुग्न चाहन्छ । ८ खेलमा १५ अंक जोडेको आर्सनल लिगको पाँचौं स्थानमा छ । जित निकाले आर्सनल लिगको तेस्रो स्थानमा उक्लने छ ।
शेफिल्ड ८ खेलमा ९ अंक जोडेर १५ औं स्थानमा छ । शेफिल्ड घरेलु मैदानमा आर्सनललाई हराउँदै अंक तालिका सुधारको योजनामा हुनेछ ।