काठमाडौं । विश्वकप छनोट अन्तर्गत चौंथो खेलमा नेपालले अहिले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
जोर्डनको घरेलु मैदानमा जारी खेलमा नेपाल २-० ले पछि परेको छ ।
पहिलो हाफमा जोर्डनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफको दुई गोल खाएको छ ।
खेलको ८७ औं मिनेटमा अहमेद अल इर्सानले चिप गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए ।
यसअघि जोर्डनले खेलको ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको थियो ।
नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा जोर्डनका फेरास शेल्बाइहले गोल गरे ।