एजेन्सी । युरोपा लिग फुटबलमा स्पेनिस क्लब सेभियाले सहज जित निकालेको छ । बिहिबार राति भएको समूह चरणको पहिलो खेलमा सेभियाले क्वाराबागलाई ३-० ले हराएको हो ।
सेभियालाई जित दिलाउन जाभियर हर्नान्डेज,मुनिर इल हडाड्डी र ओलिभर टोरेसले एक एक गोल गरे । सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
जितसँगै समूह 'ए' सेभियाले ३ अंक जोडेको छ ।
अर्को स्पेनिस क्लब गेटाफेले ट्राबजोन्सपोरलाई १-० ले हराएको छ । स्पानियोल भने फेरेनकार्भोससँग बराबरीमा रोकिएको छ ।
इटालियन क्लब रोमाले स्तानबुललाई ४-० ले हराउदा लाजियोले सीआरएफ क्लुजसँग २-१ ले पराजित भएको छ ।
पोर्चुगिज क्लब पोर्टोले योङ ब्वाईजलाई २-१ ले हराएको छ ।