काठमाडौं । काठमाडौं जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
सानोगौचरन खेल मैदानमा बिहिबार भएको एक मात्र खेलमा बराबारी पछि फर्पिङ्ग स्पोर्टस डेभलप्मेन्ट क्लबले सेमिमा स्थान सुरक्षित पारेको थियो ।
फर्पिङ्ग र जोरपाटि फुटबल क्लबबिचको खेल १÷१ गोलको बराबरीमा सम्पन्न भएको थियो ।
फर्पिङ्गका लागि निराजन नगरकोटिले ५७ औँ मिनेटमा पहिलो गोल गरे थिए भने जोरपाटिका कर्मा सेर्पाले ७२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
यो बराबरी संगै फर्पिङ्ग स्पोर्टस डेभलप्मेन्ट क्लबले समूह सी को विजेताको रुपमा सेमिमा स्थान बनाएको छ ।
समूह ए बाट अनुसाशित ब्वाईज क्लब ए बि सी र समूह सी बाट वाईल्ड स्पोर्टस् क्लबले यस अघि नै सेमिमा स्थान शुरक्षित पारिसकेका थिए ।
यसैगरि सबै समूह मध्यको उत्कृष्ट उप विजेताको रुपमा सानोगौचरन नाईट किङ्ग क्लब एस एन के सी ले पनि सेमिमा स्थान बनाएको छ ।