एजेन्सी । जापानिज क्लब योकोहामा एफसीले ५२ र ४१ वर्षीय दुई बुढा उमेरका खेलाडी अनुबन्ध गरेको छ ।
जापानको दोस्रो डिभिजन क्लब योकोहामाले ४१ बर्षीय मिडफिल्डर शुनसुके नाकामुरा र ५२ वर्षे फरवार्ड काजुयोशी मिउरालाई अनुबन्ध गरेको हो ।
यी दुई खेलाडीको मात्र उमेर जोड्दा ९३ वर्षको हुनेछ । योसंगै योकोहामा बुढा लाइनअप भएको क्लब बनेको छ ।
सेल्टिकका पूर्व अट्याकिङ मिडफिल्डर नाकामुराले सन् १९९७ मै व्यवसायिक फुटबलमा डेब्यु गरेका थिए । नाकामुरा सन् २००७ मा स्कटल्याण्डको लिगमा प्लेयर अफ दि इयर बनेका थिए ।
जापानिज टोलीका पूर्व खेलाडी समेत रहेका नाकामुराले स्पेनिस क्लब स्पानियोल र जापानको जे लिग क्लब जुबिलो इवाटाबाट खेलिसकेका छन् ।
यस्तै मिउराले सन् १९८६ मा व्यवसायिक फुटबलमा डेब्यु गरेका थिए । उनले ब्राजिलियन क्लब सान्टोसबाट खेलेका थिए ।
जापानबाट ८९ खेल खेलेका मिउराले अष्ट्रेलियाको सिड्नी एफसीबाट समेत खेलिसकेका छन् ।