दोस्रो टेस्टमा अस्ट्रेलियासँग भारत १० विकेटले पराजित

काठमाडौं। बोर्डर–गावस्कर ट्रफी (बिजिटि) अन्तर्गत डे–नाइट दोस्रो टेस्टको तेस्रो दिन आइतबार भारतविरुद्ध अस्ट्रेलियाले १० विकेटको शानदार जित निकालेको छ।
पाँच खेलको शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया २९५ रनले पराजित भएको थियो। तर, यो जितसँगै अस्ट्रेलियाले शृंखला १–१ को बराबरीमा ल्याएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो सेसनमा ३.२ ओभरमा बिना विकेट गुमाएर १९ रन बनाएको थियो। पहिलो इनिङ्समा १५७ रनको अग्रता लिएको भारतलाई अस्ट्रेलियाले दोस्रो इनिङ्समा १७५ रनमा समेटेको थियो। भारतले दोस्रो इनिङ्समा पाँच विकेटको क्षतिमा १२८ रन बनाएको थियो।
मिचेल स्टार्कले पनि रिषभ पन्त (२८) लाई पहिलो ओभरमा स्कोरबोर्डमा कुनै रन नजोड्दै आउट गरे, जसले भारतको खेलमा पुनरागमनको आशालाई चकनाचुर बनायो। त्यसपछि अस्ट्रेलियाका बलरले पुच्छरका ब्याट्सम्यानलाई हिँड्ने औपचारिकता पूरा गरे। अलराउन्डर नितिशकुमार रेड्डीले सर्वाधिक ४२ रन को योगदान दिए। अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले पाँच विकेट लिए। बलिङतर्फ मिचेल स्टार्कले दुई तथा स्कट बोल्यान्डले तीन विकेट लिए।
अस्ट्रेलियालाई जितका लागि १९ रन चाहिएको थियो, जुन ओपनरद्वय नाथन म्याकस्वीनी र उस्मान ख्वाजाले बिना विकेट गुमाएर हासिल गरे। म्याकस्वीनीले १० तथा ख्वाजाले नौ रन जोडे।














-1763024272658.jpeg&w=3840&q=75)