सुदूरपश्चिमविरुद्ध टस जितेर ब्याटिङमा चितवन
आइतबार, मंसिर २३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्स टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
दीपेन्द्रसिंह ऐरिको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले अपराजित यात्रालाई कायम राख्दै प्लेअफमा स्थान पक्का गर्ने लक्ष्य छ। सुदूरपश्चिम रोयल्सले यसअघिका तीन खेलमा प्रभावशाली प्रदर्शन गर्दै विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ।
अर्कोतर्फ कुशलको कप्तानीमा रहेको चितवन राइनोज भने आफ्नो लयमा फर्किन जितको खोजीमा हुनेछ। चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको थियो। तर, तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित हुनपुग्यो।














-1763024272658.jpeg&w=3840&q=75)