लुम्बिनीसँग जनकपुरको ब्याटिङमा संघर्ष

काठमाडौं। जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपल्ट ब्याटिङमा संघर्ष गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए। योसँगै बिहानको कन्डिसनमा जनकपुरलाई ब्याटिङ गर्न सहज नहुने आकलन गरिएको थियो।
तर, ओपनरद्वय आसिफ शेख र अनिलकुमार साहसँगै लाहिरू मिलन्थाले केही राम्रो साझेदारी गर्दै यो गलत रहेको सावित गर्दिएका थिए। यी तीन जना आउट भएसँगै जनकपुरले ब्याटिङमा संघर्ष गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रन बनाएको हो।
यसअघिका तीन खेलमा जनकपुरले कम्तिमा तीन विकेटभन्दा बढी गुमाउनु परेको थियो। उसले विराटनगर किङ्सलाई आठ, कर्णाली याक्सलाई आठ र पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो। यी खेलमा आसिफ, अनिल, लाहिरू र हर्ष ठाकर चलेका थिए।
यसपल्ट ओपनर आसिफले १६ रनभन्दा बढी जोड्न सकेनन्। यद्यपि, उनले अनिलालाई ४८ रनको साझेदारी गर्न सहयोग गरे। लाहिरू २४ रनमा आउट हुँदा ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका अनिल अर्धशतकबाट पाँच रनले चुके। ११.३ ओभरमा उनी सन्दीप जोराको बलमा विवेककुमार यादवबाट ४५ रनमा क्याच आउट भएपछि जनकपुरले ब्याटिङमा संघर्ष गर्नुपरेको हो।
१३औं ओभरको दोस्रो बलमा लाहिरू पभिलियन फर्किए। सोही ओभरको चौथो बलमा हर्ष ठाकर एक रनमा आउट भए। अन्तिम बलमा जेम्स निसम पनि एक रनमै आउट भए। तीन जनै ब्याटर अभिषेक गौतमको बलमा आउट भएका हुन्।
जनपुरले त्यसपछि मोहम्मद मोहसिनलाई तीन, शेर मल्ललाई शून्य र हेमन्त धामीलाई ९ र ललितनारायण राजवंशीलाई शून्य रनमा गुमायो। शुभ कंशकार भने २२ रनमा अविजित रहन सफल भए।














-1763024272658.jpeg&w=3840&q=75)