दोस्रो अर्धशतक बनाउन चुके अनिल
आइतबार, मंसिर २३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। जनकपुर बोल्ड्सका कप्तान अनिलकुमार साह नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाउन चुकेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङको निर्णय लिएका थिए। योसँगै ब्याटिङमा उत्रिएको जनकपुरका लागि अनिलले सानदार ब्याटिङ देखाउँदै जनकपुरको इनिङ्स बिल्डअप गरेका थिए। तर, ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका उनी ४५ रनमै विवेककुमार यादवबाट क्याच आउट भए।
विराटनगर किङ्सविरुद्ध पाँच रनमा बोल्ड भएका उनले कर्णाली याक्सविरुद्ध अविजित ६२ रनको इनिङ्स खेलेका थिए। पोखरा एभेन्जर्सविरुद्ध एक रनमै पभिलियन फर्किएका उनले लुम्बिनीविरुद्ध सानदार पुनरागमन गरेका हुन्।














-1763024272658.jpeg&w=3840&q=75)