जनकपुरविरुद्ध लुम्बिनीले जित्यो टस

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेका हुन्। योसँगै उनले पहिला बलिङ गर्ने निर्णय लिएका छन्।
लगातार तीन हारसँगै लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटको झिनो हार र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको एकतर्फी पराजयले टोलीलाई कठिन अवस्थामा थियो।
यही अवस्थामा शनिबार सुदूरपश्चिम रोयल्ससँग ४५ रनको अर्को फराकिलो हार बेहोरेसँगै लुम्बिनीको यात्रा कमजोर भइसकेको छ। यो यात्रालाई जिवितै राख्न जनकपुरविरुद्ध लुम्बिनीलाई जितको विकल्प छैन।
उता जनकपुरले प्रतियोगितामा शतप्रतिशत जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। जनकपुरले विराटनगरलाई आठ, कर्णाली याक्सलाई आठ र पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो।














-1763024272658.jpeg&w=3840&q=75)