काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाईटेडलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको नवौं मिनेटमा कुर्ट जोउमाको आत्मघाती गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।
खेलको २४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमको अग्रता २-० को बनाए ।
३५ औं मिनेटमा सेद बेन्रहामाले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को स्थितमा ल्याए ।
तर, खेलको ८८ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३-१ को जित दिलाए ।
यस जितसँगै टोटेनहमले २९ खेलमा ५१ अंक जोडेको छ ।
टोटेनहम पाँचौं स्थानमा उक्लिएको छ ।
वेस्ट ह्याम ४८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।