काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब नटिङघम फरेस्टलाई १-० गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा पुगेको हो ।
लिभरपुलको जितमा डिएगो जोटाले निर्णायक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
यस्तै चेल्सीले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।