काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज सोमबार घरेलु टोलीको सामना गर्दैछ ।
जमसेदपुरमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ।
आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७-० ले हराएको थियो । भारत उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।
तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । २ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।
पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको थियो ।
भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।