काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
भारतको जमसेदपुरमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ४-१ ले पछाडी परेको छ ।
बंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र शाहदा अख्तर रिपाले एक एक गोल गरिन् ।
नेपालका लागि दिपा शाहीले एक गोल गरिन् ।
आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
यस्तै नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।