काठमाडौं । विश्वकप छनोट अन्तर्गत प्ले अफ सेमिफाइनल खेलका लागि वेल्सले टिम घोषणा गरेको छ ।
वेल्सले अस्ट्रियाविरुद्धको खेलका लागि टोलीको घोषणा गरेको हो ।
वेल्सले घोषणा गरेको टोलीमा ग्यारेथ बेल र आरोन रामसे अटाएका छन् ।
वेल्सले कार्डिफ स्टेडियममा आगामी मार्च २४ मा अस्ट्रियाको सामना गर्नेछ ।
यस खेलको विजेताले स्कटल्याण्ड र युक्रेनबीचको विजेतासँग खेल्नेछ ।
