काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा टोटेनहमले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा क्रिस्टियन रोमेरो र ह्यारी केनले एक एक गोल गरे ।
खेलको ३७ औं मिनेटमा रोमेरोले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
जितसँगै टोटेनहमले २८ खेलमा ४८ अंक जोडेको छ ।
टोटेनहम सातौं स्थानमा रहेको छ ।
ब्राइटन ३३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।