धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबका शिशिर लेखि सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
धनगढी रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा शिशिर सर्वोत्कृष्ट चुनिएका हुन् । उनले नगद १ लाख प्राप्त गरे ।
मनाङलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्रिगेड ब्वाइज क्लबबाट ए डिभिजन लिग खेलेका उनी खप्तडका लागि मनाङमा आबद्द भएका हुन् ।
यस्तै मनाङका मौसा अबागाना उत्कृष्ट मिडफिल्डर, फ्रेन्ड्सका सुरज बिके उत्कृष्ट डिफेन्डर, मनाङका गोलकिपर विशाल सुनार उत्कृष्ट गोलकिपर र मनाङकै राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक चुनिए ।
सुदुरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए । सर्वाधिक गोलकर्ता फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईस चुनिए ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २० हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताको उपाधि मनाङले जितेको छ । फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ ले हराएर मनाङले दोस्रो पटक उपाधि जितेको हो ।