काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब र श्री कुमारी क्लबले बराबरी खेलेका छन्।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा चर्च ब्वाइज र श्री कुमारीले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको ४७ औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा नीर बहादुर आलेले गोल गर्दै श्री कुमारीलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै चर्च ब्वाइजले ४ खेलमा १० अंक जोडेको छ ।
श्री कुमारीले ४ खेलमा ४ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।