झापा–११ पाँचौ पटक फाइनलमा

इलाम । पाँचौ झापा गोल्डकपको उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा–११ भिड्ने भएका छन् ।
डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा संकटा क्लबमाथि २–० गोल अन्तरको जित निकाल्दै झापा घरेलु मैदानमा पाँचौ पटक फाइनल प्रवेश गरेको हो ।
अब झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ ।
यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए ।
झापालाई फाइलन प्रवेश गराउन विमल घर्ती मगरले दुवै गोल गरे । खेलको १६ औं मिनेटमा झापाले सुरुवाती अग्रता बनायो ।
एन्ड्रियस नियाको पासमा विमलले संकटाका गोलरक्षक रोहित कार्कीलाई जिल्याउँदै जाली चुमाए । पहिलो हाफमा १–० को अग्रता बनाएको झापाले दोश्रो हाफमा थप १ गोल गर्न सफल रह्यो ।
५७ औं मिनेटमा विमलले व्यक्तिगत दोश्रो गोल गरे । विकास मेराग्लियाको क्रस पासमा विमलले गोल गरे । फाइनल प्रवेश गरेसँगै झापाले कम्तीमा ६ लाख ५ हजार सुरक्षित गरेकोछ ।
खेलको म्यान अफ दि म्याच २ गोलकर्ता विमल घर्ती मगर घोषित हुँदै नगद ९ हजार ९ सय ९९ सय रुपैया प्राप्त गरे ।
गत फागुन २१ गतेबाट जारी प्रतियोगिताको बिजेता टोलीले १२ लाख ५५ हजार प्राप्त गर्नेछ ।
पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ ।













